बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणनामा बिवाद

मङ्गलबार, ०३ जेठ २०७९, ११ : ४७
मङ्गलबार, ०३ जेठ २०७९

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको  मतगणनामा  कर्मचारीले बदमासी गरेको भन्दै बिवाद भएको छ  । नगरपालिकाको वार्ड  नम्बर २ को मतगणना गर्दा  कर्मचारीले ६९ लाई ९५  टिपाएपछि  बिवाद भएको हो ।

बिवाद पछि सर्वदलीय बैठकले  तिलोत्तमा नगरपालिकाका कर्मचारी बाहेक अन्य कर्मचारी राखेर मतगणना गर्ने सहमति भएको छ । निर्वाचन अधिकृत माधव  लोहनीले नगरपालिका वाहेक अन्य कर्मचारी राखेर  मतगणना गर्ने तयारी भएको रातोपाटीलाई बताए । उनले कर्मचारीको गल्ती भेटिएपछि अन्य कर्मचारी राखेर  मतगणना गर्ने सर्वदलीय बैठकबाट सहमति भएको बताए । यसअघि  मतगणना स्थलमा नेपाली काँग्रेस कार्यकर्ताहरूले नाराबाजी गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप