शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

रिभर फल्स पावरको आईपीओमा ६.५ गुणा बढी आवेदन

मङ्गलबार, ०३ जेठ २०७९, ११ : ४३
मङ्गलबार, ०३ जेठ २०७९

रिभर फल्स पावर लिमिटेडको आईपीओमा माग गरेभन्दा ६.४७ प्रतिशत बढी माग आवेदन परेको छ । नेपाल क्लियरिङ लिमिटेडका दिएको पछिल्लो रिपोर्ट अनुसार मंगलबार विहान साढे १० बजेसम्ममा १४ लाख १३ हजार ५ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ६४ करोड ३६ लाख १४ हजार रकम बराबरको १ करोड ६४ लाख ३६ हजार १ सय ४० कित्ता सेयरको लागि आवेदन परेको हो । जुन माग गरेभन्दा करिब ६.५ गुणा बढी आवेदन हो ।

कम्पनीले बैशाख २८ गतेबाट कुल २७ लाख ३० हजार कित्ता सेयर प्राथमिक सेयर (आईपीओ) सार्वजनिक गरेको थियो । सो मध्ये कम्पनीले ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५०० कित्ता सामुहिक लगानी कोषलाई र २ प्रतिशत बराबर ५४ हजार ६ सय कित्ता कर्मचारीहरुलाई छुट्याएर बाँकी रहेको २५ लाख ३८ हजार ९ सय कित्ता सेयर सर्वसाधारणलाई जारी गरेको थियो । 

कम्पनीले तोकेको समय अनुसार भोलि अर्थात् बुधबार ५ बजेसम्म लगानीकर्ताले आईपीओ खरिदका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडले रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप