शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्याङजाको बिरुवा गाउँपालिकाको अध्यक्षमा एमाले विजयी

मङ्गलबार, ०३ जेठ २०७९, ११ : २८
मङ्गलबार, ०३ जेठ २०७९

स्याङजाको विरुवा गाउँपलिका अध्यक्षमा नेकपा एमालेका सूर्य कुँवर विजयी भएका छन् । कुँवरले ४ हजार ८ सय ७२ मत ल्याएर विजयी बन्दा काँग्रेसका डोलराज पोखरेलले ४ हजार ७ सय ४६ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा एमालेकै भगवती शर्मा माओवादी केन्द्रका थमनबहादुर गुरुङलाई १ हजार २ सय ६१ मतले पछाडि पार्दै विजयी भइन् । शर्माले ४ हजार ९ सय ३७ मत प्राप्त गरेकी छन् भने गुरुङले ३ हजार ६ सय ७६ मत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप