
ADVERTISEMENT
प्युठानको स्वर्गद्वारी नगरपालिको मेयरमा काँग्रेस र उपमेयरमा जनमोर्चा विजयी

प्युठानको स्वर्गद्वारी नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका टेकप्रसाद भण्डारी विजयी भएका छन् । ७ हजार ७ सय २६ मत ल्याउँदै भण्डारी मेयर निर्वाचित भएका हुन् ।
भण्डारीका प्रतिस्पर्धी एमालेका रामप्रसाद श्रेष्ठले ५ हजार १ सय ५२ मत ल्याए । उपप्रमुखमा राष्ट्रिय जनमोर्चाका मीनराज रानामगर विजयी भए । उनले ७ हजार ३ सय ७७ मत ल्याएर विजयी बन्दा प्रतिस्पर्धी एमालेकी गौरी बरापातेले ५ हजार २६ मत पाइन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ