सुख्खा बन्दरगाह सुदूरपश्चिमको सम्भावनाको आधार : मन्त्री बडू
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सुख्खा बन्दरगाह र औद्योगिक क्षेत्र सुदूरपश्चिमको सम्भावनाको आधार भएको बताएका छन् । मन्त्रालयले कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बडूले कञ्चनपुरमा प्रस्तावित दोधारा चाँदनी सुख्खा बन्दरगाह र दैजी औद्योगिक क्षेत्र भविष्यमा सुदूरपश्चिमको सम्भावनाको आधार हुने बताए ।
उनले लामो समयदेखि प्रस्तावित रहेको बन्दरगाह तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले शिलान्यास गरेर शिलान्यासमै सिमित रहे पनि अहिलेको सरकारले त्यसलाई प्राथमिकतामा राखेको बताए ।
उनले दैजी छेला औद्योगिक क्षेत्र वर्तमान सरकारको प्राथमिकतामा रहेको पनि बताए । उनले लामो समयदेखि प्रस्ताव र शिलान्यास गरिएपनि बजेटको व्यवस्थापन नभएको भन्दै आगामी आर्थिक वर्षको बजेटमार्फत यी आयोजनालाई सरकारले समेट्ने बताए ।
मन्त्री बडूले नेपाल–भारत र चीनको त्रिदेशीय व्यापारिक महत्वसँग जोडिएको नाका कञ्चनपुर भएकोले बन्दरगाहको योजना सम्पन्न भए औद्योगिक क्षेत्रमा मुलुकले फड्को मार्ने बताए । मन्त्री बडूले औद्योगिक क्षेत्रको निर्माणलाई कसरी सम्पन्न गर्ने भन्ने बारेमा मन्त्रालय चाँडै टुंगोमा पुग्ने र औद्योगिक क्षेत्रको निर्माण अब द्रुत गतिमा अगाडी बढ्ने विश्वास व्यक्त गरे ।
मन्त्री बडूले सुख्खा बन्दरगाहको निर्माणका लागि पहिलो चरणमा ७ अर्ब लागत अनुमान समेत गरिएको बताए । बन्दरगाहको वातावरणीय प्रभाव मूल्याङ्कन र जग्गा भोगाधिकारको विषय टुंगो लाग्ने चरणमा रहेको अवस्था रहेको पनि उनले बताए ।
मन्त्री बडूले भने, ‘दोधारा चाँदनी सुख्खा बन्दरगाह हामी समयमै सकिने गरेर काम शुरु गर्छौं, सुख्खा बन्दरगाहको निर्माणका लागि पहिलो चरणमा ७ अर्ब लागत अनुमान छ, त्यसमै हामी यो काम शुरु गर्नेछौँ । अर्को कुरा दैजी औद्योगिक क्षेत्र भविष्यमा सुदूरपश्चिमको सम्भावनाको आधार हो पछिल्लो सरकारले शिलान्यास गरेको थियो, हामीले यसलाई प्राथमिकतामा राखेका छौँ । यसलाई अघि बढाउनेछौँ । हामी यसको मोडालिटीको बारमो छलफल गरिरहेका छौँ । यो क्षेत्रले सुदूरपश्चिमको क्षेत्रमा धेरै ठूलो फड्को मार्न सक्छ, यो त्रिदेशीय महत्वको विषय छ ।’
मन्त्री बडूले यो क्षेत्रमा हुने औद्योगिक विकास र वृद्धिले २२ हजार युवाले रोजगार पाउने अनुमान रहेको बताए । दोधारा चादँनीको सुख्खा बन्दरगाह र दैजी औद्योगिक क्षेत्रको मन्त्री बडूसँगै पूर्वमन्त्री रमेश लेखक, नारायाणप्रकाश साउद, उद्योग सचिव गणेशप्रसाद पाण्डेयले स्थलगत अनुगमन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा
-
सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ
-
ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा चालकको मृत्यु
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’