
‘कान्स फिल्म फेस्टिभल’का लागि फ्रान्स उड्दै अभिनेत्री सुरक्षा

अभिनेत्री सुरक्षा पन्त ‘कान्स फिल्म फेस्टिभल २०२२’ सहभागी हुने भएकी छन् । फ्रान्समा मंगलबारबाट आयोजना हुने फेष्टिभलमा उनी अन्तराष्ट्रिय फिल्म ‘द एट माउन्टेन’ को तर्फबाट सहभागी हुन लागेकी हुन् । यो फिल्मको एक पत्रमा उनले पनि अभिनय गरेकी छन् ।
कान्सका लागि उनी मंगलबारनै फ्रान्स उड्दैछिन् । जसको जानकारी उनले सामाजिक संजालमार्फत जानकारी दिएकी छन् । उनले सामाजिक संजालमा लेखेकी छन् ‘केही समय अगाडि एउटा अन्तराष्ट्रिय फिल्ममा एउटा पात्रको रुपमा काम गर्ने मौका जुरेको थियो । ‘द एट माउन्टेन’ जसको केही अंश नेपालको मनाङमा छायांकन गरिएको थियो । उक्त फिल्म कान्स फिल्म फेष्टिभलमा छानिएसँगै निमन्त्रणा आएको छ, जाँदैछु ।’ उनले फिल्मको प्रिमिएर ४ जेठमा आयोजना हुने समेत जानकारी दिएकी छन् ।
कोरोनाको कारण विगत दुई वर्ष आयोजना हुन नसकेको फेस्टिभल संसारकै पुरानो मानिने मध्येको एक हो । फेष्टिभलमा नेपालका अविनाश विक्रम शाही निर्देशित छोटो फिल्म ‘लोरी’ पनि सहभागी हुँदैछ । बलिउड अभिनेत्री दीपिका पादुकोण समेतको फेष्टिभलमा सहभागिता रहने चर्चा छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ