
नलगाडको मेयर माओवादी र उपमेयरमा काँग्रेस विजयी

जाजरकोटको नलगाड नगरपालिकाको मेयरमा माओवादी र उपमेयरमा काँग्रेस विजयी भएको छ । मेयरमा माओवादीका डम्बरबहादुर रावत निर्वाचित भएका हुन् । रावतले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार धर्मबहादुर शाहीलाई १ हजार ९७३ मत अन्तरले पराजित गरे ।
नेकपा माओवादी केन्द्रका रावतले ५ हजार ५९९ मत प्राप्त गरेका थिए । नेकपा एमालेका धर्मबहादुर शाहीले ३ हजार ६२६ मत प्राप्त गरे । उपप्रमुखमा नेपाली काँग्रेसकी सुरिता सिंहले ५ हजार ४०६ मत प्राप्त गरी विजयी भएकी छन् । उनले प्रतिस्पर्धी नेकपा एमालेकी सुनिता बोहरालाई २ हजार १३ मतले पछि पार्दै विजयी भएकी हुन् । नेकपा एमालेकी बोहराले ३ हजार ३९३ मत प्राप्त गरेकी छन् । नलगाडमा काँग्रेस माओवादी गठबन्धन भएको थियो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ