यस्तो छ आज अमेरिकी डलरको सटहीदर, अन्य देशको मुद्राको कति ?
नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य १२४.२३ रुपैयाँ र खरिद मूल्य १२३.६३ रुपैयाँ तोकेको छ । केन्द्रीय बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै डलरको सटहीदर कायम गरेको हो । राष्ट्र बैंकका अनुसार आज पनि नेपाली मुद्रा डलरको तुलनामा कमजारे स्थितीमा छ । सर्वसाधारणले एक डलर साट्न १२४.२३ रुपैयाँ खर्चनुपर्छ । जुन, अहिलेसम्मकै उच्च हो । यस्तै, आजका लागि एक यूरोको बिक्रीदर १२९.५१ रुपैयाँ र खरिद दर १२८.८८ रुपैयाँ छ ।
१५२.१८ रुपैयाँमा बिक्री भइरहेको पाउण्ड स्र्टलिङको खरिददर १५१.४५ रुपैयाँ छ भने अष्ट्रेलियन डलरको बिक्रीदर ८५.९९ रुपैयाँ र खरिद दर ८५.५८ रुपैयाँ छ । यसका साथै, ८९.११ रुपैयाँमा बिक्री मूल्य कायम भएको सिंगापुर डलरको खरिद मूल्य ८८.६८ रुपैयाँ छ ।
१० जापानी येनको बिक्रीदर ९.६१ रुपैयाँ कायम हुँदा खरिददर ९.५६ रुपैयाँ कायम छ भने चिनियाँ युवानको बिक्रीदर १८.३० रुपैयाँ र खरिद दर १८.२१ रुपैयाँ हुन आउँछ । ३३.१२ रुपैयाँ बिक्रीदर तोकिएको साउदी रियालको खरिददर ३२.९६ रुपैयाँ छ भने ३४.०१ रुपैयाँ बिक्रीदर कायम कतारी रियालको खरिददर ३३.८५ रुपैयाँ छ ।
यसैगरी, संयुक्त अरब इमिरेट्स (यूएई)को दिरामको बिक्रीदर ३३.८२ रुपैयाँ र खरिददर ३३.६६ रुपैयाँ छ भने मलेसियन रिंगटको बिक्रीदर २८.२५ रुपैयाँ र खरिददर २८.११ रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक