शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धिचरण नगरपालिका : मेयरमा काँग्रेस र उपमेयरमा एमाले विजयी

मङ्गलबार, ०३ जेठ २०७९, १० : १९
मङ्गलबार, ०३ जेठ २०७९

ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुख नेकपा एमालेले जितेको छ । मेयरमा काँग्रेसका तेजन खनालले एमालेका इच्छाकुमार गुरुङलाई पराजित गर्दै विजय हाँसिल गरेका हुन् ।
 काँग्रेसका खनालले ६ हजार ८ सय ३४ मत प्राप्त गर्दा एमालेकी गुरुङले ५ हजार ६ सय ४० मत प्राप्त गरिन् । मेयरमा एमालेका वागी उम्मेदवार सिताराम गुरुङले १४६ मत ल्याए । प्रतिद्वन्द्वी खनाल र गुरुङको मतान्तर १ हजार १ सय ९४ रहेको छ । 

त्यस्तै उपमेयरमा एमालेका केदारबाबु बस्नेत ५ हजार ६ सय ९८ मत ल्याएर विजयी बन्दा उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका रुपेश शाक्य ५ हजार १ सय ८२ मतमा सिमित बने । यसअघि २०७४ को निर्वाचनमा सिद्धिचरणको मेयर जितेको एमालेले यो पटक मेयर पद गुमाउन पुग्दा काँग्रेसको कब्जामा पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप