शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दाङमा एमालेले स्थानीय तह गुमाउँदै, काँग्रेस र माओवादीले थप्दै

मङ्गलबार, ०३ जेठ २०७९, १० : ११
मङ्गलबार, ०३ जेठ २०७९

दाङमा घोराही, तुलसीपुर उपमहानगर र लमही नगरपालिकासहित दश स्थानीय तह छन्। २०७४ सालको निर्वाचनमा नेकपा एमालेले ६ स्थानीय तह जितेको थियो। नेपाल काँग्रेसले तीन र नेकपा माओवादीले एक स्थानीय तह जितेका थिए। यस निर्वाचनमा भने दाङमा फरक परिदृश्य देखिने भएको छ।

एमालेले यसअघि निर्वाचनमा घोराही, तुलसीपुर उपमहानगर, लमही नगरपालिका, बबई, दंगीशरण र गढवा गाउँपालिका जितेको थियो। नेपाली काँग्रेसले राजपुर, शान्तिनगर र राप्ती गाउँपालिका जितेको थियो। माओवादी केन्द्रले भने बंगलाचुली गाउँपालिका मात्रै जितेको थियो। यस निर्वाचनमा भने काँग्रेसले राजपुर, बबई, दशंगीशरण र शान्तिनगरगरी तीन स्थानीय तह जितिसकेको छ। माओवादी केन्द्रले बंगलाचुली गाउँपालिका मात्रै जितेको छ। एमालेले अहिलेसम्म दाङमा एक स्थानीय तह पनि जितेको छैन् ।

चार स्थानीय तहमा मतगणना जारी 

घोराही उपमहानगर,लमही नगरपालिका, राप्ती र गढवा गाउँपालिकामा मतगणना जारी छ। घोराहीमा अहिले नेकपा एमालेका मेयरका उम्मेदवार नरुलाल चौधरी र उपमेयर हुमा डिसीले अग्रता लिएका छन्। यसअघि गठबन्धनबाट नेकपा माओवादी केन्द्रका हेमराज शर्मा‘डाइयमन’ र गठबन्धनबाट काँग्रेसका भुपमबहादुर डाँगीले अग्रता लिएका थिए। कहिले गठबन्धन कहिले एमालेले अग्रता लिइरहेकाले अहिलै भन्न सक्ने अवस्था छैन्। २०७४ सालको निर्वाचनमा भने मेयर र उपमेयर दुवै एमालेले जितेको थियो। 

यस्तै लमही नगरपालिकामा मेयरमा काँग्रेसका जोगराज चौधरी र उपमेयरमा लक्ष्मी योगीले दुवै अग्रता लिएका छन्। यसअघि माओवादी अग्रता लिएको थियो। यद्यपी लमही मेयर र उपमेयर दुवै काँग्रेसले जित्ने आकलन छ। यसअघि निर्वाचनमा मेयर एमाले उपमेयर काँग्रेसले जितेको थियो। राप्ती गाउँपालिका अध्यक्षमा माओवादीका प्रकाश विष्ट र जनमोर्चाका केशवराज खनालले अग्रता लिएका छन्। राप्तीमा भने लगातार माओवादीले अग्रता लिएको छ। यस्तै गढवामा अहिले माओवादीका यामनारायण शर्मा पोखरेल‘विश्वास’ र उपाध्यक्षमा शान्ति चौधरीले अग्रता लिएकी छिन्। गढवामा भने अग्रता पालैपालो काँग्रेस, एमाले माओवादीले लिँदै आएका छन्। यद्यपी माओवादीले जित्न सक्ने आकलन गरिएको छ। तुलसीपुर उपमहानगरको मंगलबार रातीबाट मात्रै मतगणना हुने भएको छ। त्यसैले अहिले नै भन्न सक्ने अवस्था छैन। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप