बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकका कुन पालिकामा को विजयी ?

मङ्गलबार, ०३ जेठ २०७९, १० : ०१
मङ्गलबार, ०३ जेठ २०७९

सिन्धुपाल्चोकका तीन पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार २ मा नेपाली काँग्रेस र एकमा नेकपा माओवादी केन्द्र विजयी भएका छन् । 

बाह्रबिसेमा काँग्रेस विजयी

बाह्रबिसे नगरपालिकाको प्रमुखमा काँग्रेसका उम्मेदवार बालकृष्ण बस्नेतले सात हजार ७२८ मत प्राप्त गरी विजयी भएका छन् । उनका   निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का निमफुञ्जो शेर्पाले पाँच हजार ४३३ मत प्राप्त गरे ।​ यसैगरी उपप्रमुखमा काँग्रेसका मन्जु तामाङले छ हजार ९७७ मत प्राप्त गरी  निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका सुशीला पाख्रिनले पाँच हजार ९९० मत प्राप्त गरेका थिए । 

बलेफिमा माओवादी विजयी

बलेफी गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार गङ्गाबहादुर तामाङले चार हजार ६६६ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी काँग्रेसका सुवास तिमल्सिनाले  चार हजार १०५ मत प्राप्त गरेका थिए । यसैगरी उपाध्यक्षमा  काँग्रेसकी सरु लामा तामाङले चार हजार ३९४ मत ल्याएर विजयी भइन् । 

हेलम्बुमा काँग्रेस विजयी भएको छ । पाँचपोखरी, इन्द्रावती र मेलम्चीमा एमाले र चौतारा नगर, लिसङ्खुपाखर, जुगलमा माओवादी  अघि छ । सुनकोसी, त्रिपुरासुन्दरी गाउँपालिकामा काँग्रेस अघि छ ।

भोटेकोसीमा काँग्रेस विजयी

भोटेकोसी गाउँपालिकामा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा काँग्रेसका पासाङनोर्बु लामा दुई हजार ६०५ मत र उपाध्यक्षमा दुई हजार ७१२ मत ल्याएर दिछेन शेर्पा विजयी भएका छन् । उनीहरुका निकटतम प्रतिद्वन्द्वी एमालेका अमृत खड्का दुई हजार ४८ र सुन्तलीमाया श्रेष्ठले दुई हजार ५५३ मत प्राप्त गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप