शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

मङ्गलबार, ०३ जेठ २०७९, ०९ : ५७
मङ्गलबार, ०३ जेठ २०७९

मंगलबार प्रतिनिधि सभाको बैठक बस्दैछ । त्यसअघि साढे २ बजे नयाँ बानेश्वरस्थित शंकर हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । 

त्यसपछि अपराह्न ४ बने संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्ने कार्यसूची रहेको छ । प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची रहेको छ । 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पेश गर्ने,  यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ पेश गर्ने कार्यसूची रहेको छ । 

साथै अर्थमन्त्री जनार्दन शर्माले आ.व. २०७९/८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव डा.भरतराज गौतमले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप