शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

युगान्डासँग नेपाललाई बदला लिने मौका

मङ्गलबार, ०३ जेठ २०७९, ०९ : ५३
मङ्गलबार, ०३ जेठ २०७९

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज (मंगलबार) दोस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा पाहुना टोली युगान्डाविरुद्ध प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा १२ रनले पराजित भएको नेपाल त्रिवि क्रिकेट मैदानमा आफ्नो दोस्रो खेल खेल्न लागेको हो ।

नेपाल र युगान्डाबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । आजको खेलमा सजह जित निकाल्दै नेपाल सिरिजमा १–१ को बराबरी गर्ने योजनामा छ । पहिलो खेलमा हारको बदला लिने नेपाललाई मौका छ । यता युगान्डा भने लगातार दोस्रो जित निकाल्ने योजनामा छ ।

पाँच खेलको सिरिजमा युगान्डा १–० ले अघि रहेको छ । पहिलो पटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपाल र युगान्डाबीचको तेस्रो टी–ट्वान्टी बिहीबार हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप