बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

दाङको बबई गाउँपालिकामा काँग्रेस विजयी

मङ्गलबार, ०३ जेठ २०७९, ०९ : ४८
मङ्गलबार, ०३ जेठ २०७९

दाङको बबई गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । अध्यक्षमा कुलबहादुर खत्री र उपाध्यक्षमा बमकुमारी खड्का निर्वाचित भएका हुन् । खत्री ६ हजार ६ सय १५ मतसहित विजयी हुँदा निकटतम् प्रतिस्पर्धी एमालेका एमालेका भुवनेश्वर पौडेलले ५ हजार ५ सय ३८ मत प्राप्त गरे ।

उपाध्यक्षमा बमकुमारी ९ सय ८६ मतान्तरले विजयी भएकी हुन् । उनले ६ हजार ४ सय मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेकी सावित्री विश्वकर्माले ५ हजार ४ सय १४ मत प्राप्त गरेकी छिन् । ०७४ को निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुबै एमालेले जितेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप