जीतपुर सिमराको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमाले अगाडि
बाराको जीतपुर सिमरा उपमहानगरमा जारी मतगणनामा गठबन्धनका उम्मेदवार राजन पौडेलले १२ हजार ५४६ मत ल्याएका छन् भने उनका प्रतिष्पर्धा एमालेकी सरस्वती चौधरीले ११ हजार ६१२ मत ल्याएकी छन् । १६ वटा वडाको मतपरिणाम घोषणा भइसक्दा एमालेकी चौधरी भन्दा गठबन्धनका उम्मेदवार पौडेल ९३४ मतले अगाडि छन् ।
त्यसैगरी उपप्रमुखमा गठबन्धनकी उम्मेदवार मेघा शाहीलाई उछिन्दै एमालेका उम्मेदवार भोला अधिकारी ३३७ मतले अगाडि देखिएका छन् । एमालेका उम्मेदवार अधिकारीले ११ हजार ८५५ मत ल्याएका छन् भने शाहीले ११ हजार ५१८ मत ल्याएकी छन् । तेस्रो स्थानमा रहेको लोसपा प्रमुखका उम्मेदवार संजयकुमार साहले ३ हजार ८९० मत ल्याएका छन् भने उपप्रमुखमा बिपि मोक्त्तानले ३ हजार ६४३ मत ल्याएकी छन् ।
२४ वटा वडा रहेको उपमहानगरमा हालसम्म १६ ओटा वडा गणना भइसकेको छ भने ८ वटा वडा गणना हुन बाँकी छ । हालसम्म मतगणना भएको वडाहरुमध्ये ९ वटा वडामा नेकपा एमाले,५ वडामा नेपाली काँग्रेस र २ वटा वडामा माओवादी केन्द्र विजयी भएको छ । २०७४ को निर्वाचनमा माओवादी केन्द्र विजयी भएका अधिकांश वडामा अहिले एमालेका उम्मेदवार विजयी भएका छन् । सत्तारुढ गठबन्धनले महानगर र उपमहानगर प्रमुख÷उपप्रमुखमा मात्रै गठबन्धन त्यसको असर वडाहरूमा देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबिच आज द्विपक्षीय वार्ता, विभिन्न सम्झौतामा हस्ताक्षर हुने
-
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण