पाँचथरमा ‘क्लीन स्वीप’ गर्ने दिशामा गठबन्धन
सत्ता गठबन्धन पाँचथरमा नेकपा एमालेलाई ‘क्लीन स्वीप’ गर्ने दिशामा अघि बढेको छ । एक नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा ५ गाउँपालिकाको अध्यक्ष गठबन्धनका उम्मेदवारहरूले जितेका छन् ।
४ गाउँपालिकाको पनि उपाध्यक्षमा गठबन्धनका उम्मेदवारहरू नै निर्वाचित भएका छन् । एक गाउँपालिकामा मात्रै नेकपा एमालेबाट उपाध्यक्ष निर्वाचित भएको छ । जिल्लामा नेपाली काँग्रेस , नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) गठबन्धनमा छन् । जनता समाजवादी पार्टी धेरै ठाउँमा एमाले र केही ठाउँमा मात्रै सत्ता गठबन्धनसँगको तालमेलमा छ । राप्रपाको पनि एमालेसँग गठबन्धन छ ।
गठबन्धनबाट तुम्बेवा गाउँपालिका अध्यक्षमा काँग्रेस का बाबुराम खड्का दुई हजार ७१८ मत र उपाध्यक्षमा माओवादीका खड्गसुन्दर सम्बाहाम्फे दुई हजार ७०८ मतसहित निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी एमालेका गोविन्दबहादुर तामाङ अध्यक्षमा दुई हजार ३११ र नन्द धमलाले दुई हजार नौं मत पाएका छन् । यसअघि २०७४ मा गाउँपालिका अध्यक्ष काँग्रेस र उपाध्यक्ष एमालेबाट निर्वाचित भएका थिए ।
कुम्मायक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पनि गठबन्धनै उम्मेदवारहरूले जितेका छन् । काँग्रेस का बम लावती अध्यक्ष र उपाध्यक्षमा माओवादीका महेन्द्रबहादुर खड्का निर्वाचित भएका हुन् ।
लावतीले एमालेका भीम सम्बाहाम्फे र खड्काले एमालेकै सीता आचार्यलाई पराजित गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालय कुम्मायकले जनाएअनुसार लावतीले तीन हजार ५७ मत र सम्बाहाम्फेले दुई हजार ९०० मत प्राप्त गरेका थिए । उपाध्यक्षमा खड्काले दुई हजार ७५८ र आचार्यले दुई हजार ७२४ मत पाएको कार्यालयले जनाएको छ ।
आचार्य यसअघि गाउँपालिकाको उपाध्यक्ष थिइन् । त्यसबेला एमालेले एक्ला एक्लै निर्वाचन लड्दा अध्यक्ष/उपाध्यक्ष दुवै पद जितेको थियो । फाल्गुनन्द गाउँपालिकाका काँग्रेस ले २०७४ सालमा भएको निर्वाचनको विरासत जोगाएको छ ।
त्यतिबेला गाउँपालिका अध्यक्ष अमर नेम्बाङ र उपाध्यक्ष देवित्राकुमारी आङदेम्बे भएका थिउ । तर, अध्यक्ष नेम्बाङको निधनपछि २०७६ मंसिर १४ मा भएको उपनिर्वाचनमा भने अध्यक्ष पद एमालेका वीरबहादुर कुरुम्बाङ निर्वाचित भएका थिए । कुरुम्बाङले त्यसबेला काँग्रेस का बृजहाङ आङ्देम्बेलाई पराजित गरेका थिए।
तर, यस पटक भने आङ्देम्बेले कुरुम्बाङलाई अध्यक्षमा पराजित गरेका छन् । आङदेम्बेले पाँच हजार ७३९ मत र कुरुम्बाङले चार हजार ६४३ मत पाएका थिए । उपाध्यक्ष पनि गठबन्धनकै तर्फबाट माओवादीका ठाकुरसिंह नेम्बाङ निर्वाचित भएका छन् ।
उनले एमालेसँग तालमेल गरेर उपाध्यक्ष पदमा निर्वाचन लडेकी बबिता नेम्बाङलाई पराजित गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालय फाल्गुनन्दले जनाएअनुसार ठाकुरले पाँच हजार १०१ मत पाउँदा बबिताले चार हजार ४४३ मत प्राप्त गरेकी थिइन् ।
फालेलुङ गाउँपालिकामा काँग्रेस कै वीरविक्रम थाम्सुहाङ अध्यक्ष (५७८९ मत) र माओवादीका महेन्द्र जबेगू ‘फुङ्निमा’ (५२१४ मत) उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । एमालेका जयप्रकाश केरुङ (२६८९ मत) अध्यक्षमा र सुजाता राई (२८७५ मत) उपाध्यक्षमा पराजित भएको निर्वाचन अधिकृतको कार्यालय फालेलुङले जनाएको छ।
२०७४ मा भएको निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष पद दुवै काँग्रेस ले जितेको थियो। हिलिहाङ गाउँपालिकाको अध्यक्षमा २०७४ मा पराजित काँग्रेस का समरबहादुर अधिकारी निर्वाचित भएका छन् ।
उनले एमालेका भुवानीप्रसाद लिङ्देनलाई पराजित गरे । अधिकारी यसअघि लिङ्देनबाटै पराजित भएका थिए । यस पटक अधिकारीले चार हजार ५६५ मत र लिङ्देनले चार हजार ३५८ मत पाएका हुन् ।
उपाध्यक्षमा भने एमालेकी सुमित्रा सेढाई चार हजार १४१ मतसहित निर्वाचित भएकी छिन् । उनी यसअघि पनि उपाध्यक्ष थिइन् । उनले एकीकृत समाजवादीका भवानी लिङदेनलाई चार हजार ११८ मत पाए । यहाँ यसअघि एमालेले ‘क्लीन स्वीप’ गरेको थियो ।
जिल्ला उत्तर–पूर्वी क्षेत्रको स्थानीय तह याङ्वरक गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक हुन बाँकी छ । यहाँ पनि गठबन्धनकै उम्मेदवारहरू अघि छन् ।फिदिम नगरपालिका र मिक्लाजुङ गाउँपालिकामा पनि गठबन्धनकै उम्मेदवारहरू अघि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी लगानी आकर्षित गर्न दर्जन कानुन संशोधन हुँदैछ : रेखा शर्मा
-
कमल ऐरीले लिए आयरल्यान्ड ‘ए’ को पहिलो विकेट
-
एसईई अनुगमनका लागि दिइएका अनुमतिपत्र रद्द
-
आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले पहिले फिल्डिङ गर्ने
-
कोहलपुर–सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु
-
दिल्लीका प्रशिक्षक रिकी पोन्टिङ रिसाएपछि रोकिएको थियो खेल