
पूर्वी नवलपरासीको हुप्सेकोटमा काँग्रेस विजयी

पूर्वी नवलपरासी हुप्सेकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । ६ वटा वडासहित गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा काँग्रेस विजयी भएको हो ।
लक्ष्मी पाण्डे दोस्रो कार्यकालका लागि हुप्सेकोट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएकी छन् भने काँग्रेसकै पूर्णसिंह राना उपाध्यक्ष चुनिएका छन् । पाण्डेले आफ्ना प्रतिस्पर्धी एमालेका चेतबहादुर रानालाई ७१४ मतान्तरले पराजित गरेकी हुन् । पाण्डेले ६,४५५ र रानाले ५,७४१ मत पाएका थिए ।
उपाध्यक्षमा काँग्रेसका पूर्णसिं रानाले ६,७५ र एमालेकी मनी पाण्डेले ५,७३८ ल्याएका छन् । हुप्सेकोटमा वडा नम्बर २ मा एमालेबाट वडा सदस्यका उम्मेदवार लिलाबहादुर ठाडा झिनो मतान्तरले विजयी भएका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ