मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

दैलेख सदरमुकाममा एमालेले गुम्न दिएन वर्चश्व

मङ्गलबार, ०३ जेठ २०७९, ०९ : ३१
मङ्गलबार, ०३ जेठ २०७९

दैलेख सदरमुकाम रहेको नारायण नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै एमालेका उम्मेदवारहरू विजयी भएका छन् ।  नगरप्रमुखमा एमालेका लोमन शर्माले ५४३६ मत प्राप्त गर्दै विजयी भएका छन् । गठबन्धनबाट काँग्रेसका निर्मलाकुमारी खड्का (थापा)ले ५३५७ मत प्राप्त गरेकी छन् ।

उपप्रमुखमा पनि एमालेकै तप्ताकुमारी थापाले ५६७३ मत ल्याएर विजयी भएका हुन् ।  गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल पराजित हुन पुगिन् हुन् । मल्लले ३८३८ मत प्राप्त गरेकी छन् भने उनी निवर्तमान उपप्रमुख समेत हुन् । ०७४ मा उनले एमालेबाट जितेकी थिइन् । त्यतिबेलन उनले ४ हजार ८६६ मत ल्याएकी थिइन् । एमाले विभाजन पछि उनी एकीकृत समाजवादीमा लागेकी हुन् । उनले यो पटक ०७४ मै ल्याएको मत परिणामलाई जोगाउन सकिनन्।

सदरमुकामसमेत  रहेको यो पालिकालाई जित्नु प्रतिष्ठाको विषय थियो । ०७४ मा जितेको एमालेले आफ्नो गढलाई बचाउनेमा दुविधा थियो । यद्यपि यो पटक पनि एमालेले नै जित्न सफल भयो । ०७४ मा एमालेका रत्नबहादुर खड्काले चार हजार ७२५ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका मणिराम रेग्मीले चार हजार ४५१, माओवादीका दानबहादुर महताराले ३९९ र राप्रपाका गंगाराम बस्नेतले ६११ मत पाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप