
डडेल्धुराको भागेश्वरमा वडादेखि पालिकासम्म काँग्रेस विजयी

डडेल्धुराको भागेश्वर गाउँपालिकामा नेपाली काँग्रेसले जित हासिल गरेको छ । काँग्रेस वडादेखि पालिकासम्म विजयी भएको हो ।
हेमराज चटौत २ हजार ३११ मतसहित अध्यक्षमा विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी एमालेका रामबहादुर शाहीले १ हजार ७८ मत ल्याए । उपाध्यक्षमा काँग्रेसकै पुष्पा ठकुराठी २ हजार ३४८ मतसहित विजयी भएकी छन् । प्रतिस्पर्धी माओवादी केन्द्रकी गीता भट्टले ८३२ मतमात्र ल्याइन् ।
पाँच वडा रहेको भागेश्वरमा चार वडामा काँग्रेस विजयी भएको छ । एक वडामा भने स्वतन्त्र उम्मेदवारले जित हात पारेका छन्। १ मा स्वतन्त्र उम्मेदवार मणिकराज भट्ट ३५४ मतका साथ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका रामबहादुर ठकुरीले ३०८ मत ल्याए । भागेश्वर काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरको गृहपालिका हो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ