मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौँ महानगरमा वालेन्द्र साह प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर मतले अगाडि

मङ्गलबार, ०३ जेठ २०७९, ०९ : १७
मङ्गलबार, ०३ जेठ २०७९

काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले १० हजार ३१६ मतसहित अग्रता बढाएका छन् । उनले प्रतिस्पर्धी उम्मेदवारको तुलनामा झण्डै दोब्बर मतको अग्रता बनाएका हुन् ।

उनी सत्तारुढ गठबन्धनबाट प्रमुखका उम्मेदवार सिर्जना श्रेष्ठभन्दा ५ हजार ५३९ र नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा ४ हजार ८२५ मतले अगाडि छन् । जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार स्थापितले ५ हजार ४९१ मत पाएका छन् । यस्तै काँग्रेसकी श्रेष्ठले ४ हजार ७७७ मत पाएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप