मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

तुलसीपुर–१७ मा मतदान जारी राति ८ बजेदेखि गणना हुने

मङ्गलबार, ०३ जेठ २०७९, ०९ : १२
मङ्गलबार, ०३ जेठ २०७९

दाङको तुलसीपुर उपमहानगर वडा नम्बर १७ मा मतदान जारी छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान जारी छ। बेलुका ५ बजे मतदान सकिएपछि राती ८ बजेदेखि मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

तुलसीपुर वडा नम्बर १७ एमाले अध्यक्षका उम्मेदवार लबरु चौधरीको निधन भएपछि मतदान रोकिएको थियो। उनको छोरा प्रदीप चौधरी अध्यक्षका उम्मेदवार छन्। तुलसीपुर मेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका गेहेन्द्र गिरी र उपमेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना उम्मेदवार छन्। एमालेबाट मेयरमा टिकाराम खड्का र उपमेयरमा स्यानी चौधरी उम्मेदवार छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप