मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

धनुषाको धनौजीमा काँग्रेस विजयी

मङ्गलबार, ०३ जेठ २०७९, ०९ : ०८
मङ्गलबार, ०३ जेठ २०७९

धनुषाको धनौजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली काँग्रेस विजयी भएको छ । अध्यक्षमा काँग्रेसका राजकुमार साह र उपाध्यक्षमा पनि काँग्रेसकै रामवती देवी मण्डल निर्वाचित भएका छन् ।

अध्यक्षमा साहले २ हजार २६२ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जीवेन्द्र झाले २ हजार १६३ मत ल्याएको निर्वाचन अधिकृत पोषराज खनालले जनाए । त्यस्तै उपाध्यक्षमा काँग्रेसकी रामवती देवी मण्डल २ हजार ४३० मत ल्याएर निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी लोसपा नेपालकी रंजिता देवी मण्डलले १ हजार ९०१ मत ल्याइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप