
अछामकाे पञ्चदेवलमा मतदान सुरु

अछामको पञ्चदेवल विनायक नगरपालिका-५ लयाटीमा कडा सुरक्षाबीच मतदान सुरु भएको छ । ३० वैशाखमा झडपका कारण रद्द भएको मतदान पुनः सुचारु भएको हो । मतदान केन्द्र नवज्याेती माविमा सुरक्षा कडा पारिएको छ । सुरक्षाकर्मीले मतदान केन्द्रकाे सुरक्षाकाे जिम्मा लिएका छन् ।
मतदान केन्द्र आसपासमा मतदाता र उम्मेदवार बाहेकलाई प्रवेश रोक लगाइएको छ । अहिलेसम्म ३४ मत खसेको छ । आज काभ्रेको पाँचखाल नगरपालिका–१३ को श्रीराम मावि मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिका-१० को विजय मावि मतदान केन्द्र र बाजुराको बुढीनन्दा नगरपालिका-८ को पिस क्रियटर एकेडेमी मतदान केन्द्रमा पनि मतदान सुरु भएकाे छ ।
साँफेबगर नगरपालिका-१३ बाब्लामा ६ जेठमा मतदान हुनेछ । पुनः मतदान गर्नुपर्ने अन्य मतदान केन्द्रमा पनि केही दिन भित्रमा मतदान गर्ने गरी सूचना प्रकाशन हुने आयोगले जनाएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ