
पाँचखपन प्रमुखमा काँग्रेस, उपप्रमुखमा एकीकृत समाजवादी विजयी

सङ्खुवासभाको पाँचखपन नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका विपीन राईले चार हजार ७८८ मतप्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हिन्दूकुमार राईले तीन हजार ४३७ मत ल्याए । नवनिर्वाचित राई यसअघिका नगरप्रमुख हुन् । त्यस्तै उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का सुमुना श्रेष्ठले तीन हजार ८३४ मत विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अनिता न्यौपानेले तीन हजार ४८७ मत पाउनुभएको छ ।
यता जिल्लाको धर्मदेवी नगरपालिका प्रमुखमा एमालेका उदयचन्द्र पौडेल चार हजार २८२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका थलकुमार लिङ्खाले चार हजार १९३ मत ल्याएका छन् । पौडेल यसअघि वडाध्यक्ष थिए ।
उपप्रमुखमा काँग्रेसका तारा महतले चार हजार २३ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मी गिरीले चार हजार पाँच मत ल्याइन् । यसअघि धर्मदेवी नगरप्रमुख–उपप्रमुख काँग्रेसले जितेको थियो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ