मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

धनुषाको धनौजीमा काँग्रेस विजयी

मङ्गलबार, ०३ जेठ २०७९, ०८ : ५७
मङ्गलबार, ०३ जेठ २०७९

धनुषाको धनौजी गाउँपालिकामा नेपाली काँग्रेसका अध्यक्षमा राजकुमार साह र उपाध्यक्षमा रामवति देवी मण्डल निर्वाचित भएका छन् । अध्यक्षमा साहले २ हजार २६२ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जीवेन्द्र झाले २ हजार १६३ मत ल्याएको निर्वाचन अधिकृत पोषराज खनालले जनाए । 

त्यस्तै उपाध्यक्षमा कांग्रेसकी रामबति देवी मण्डल निर्वाचित भइन् । उनले २ हजार ४३० मत ल्याएर निर्वाचित भएकी हुन् । निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालकी रंजिता देवी मण्डलले १ हजार ९०१ मत ल्याइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप