
रुकुम पश्चिमको बाफिकोट अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा माओवादी उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा काँग्रेसका जनककुमार बाँठा मगरले ४४५५ मत र माओवादीका चन्द्रबहादुर केसीले ४४२४ मत ल्याएर पराजित भएका छन्।
माओवादीका केसीले काँग्रेसका बाँठा मगरसंग ३१ मतले पराजित भएका छन्। यस्तै उपाध्यक्षमा माओवादीकी तारा बुढा केसीले ४५६० मत ल्याएकी छिन् भने काँग्रेसकी नन्दकुमारी केसीले ४१६० मत ल्याएर पराजित भएकी थिइन। पालिकाका १० वडा अध्यक्षमा ८ माओवादी २ काँग्रेसले जितेको छ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ