रोल्पामा माओवादी यथावत्, काँग्रेसले एक स्थानीय तह थप्यो
रोल्पा नगरपालिकासहित १० स्थानीय तहमा नेकपा माओवादी केन्द्रले ६ स्थानीय तह जितिसकेको छ। सुनछहरी गाउँपालिकामा माओवादी विजयी भएपनि औपचारिक घोषणा हुन बाँकी छ। नेपाली काँग्रेसले गंगादेव र रुन्टीगढी गाउँपालिका जितेको छ। नेकपा एमालेले त्रिवेणी गाउँपालिकामा अग्रता लिएकाले जितको नजिक पुगेको छ।
२०७४ सालको निर्वाचनमा माओवादीले सात,एमाले दुई र काँग्रेसले एक स्थानीय तह जितेको थियो। यस निर्वाचनमा भने माओवादी यथावत् सात स्थानीय तहमा कायम भएको छ । एमालेले दुई स्थानीय तह गुमाउने देखिएको छ। काँग्रेसले भने एक स्थानीय तह थपेको छ। रोल्पामा माओवादी विरुद्ध काँग्रेस,एमाले र विप्लव समूह अधिकांश स्थानीय तहमा तालमेल गरेका थिए। विप्लव समूहले ९ स्थानीय तहमा उम्मेदवारी दिए पनि एक स्थानीय तह पनि जित्न सकेन। रोल्पाका अधिकांश वडामा उम्मेदवारी दिए पनि जित्न सकेन। विप्लव समूहले रोल्पामा आफ्नो पकड राम्रो भएको भन्ने गरे पनि पालिकादेखि वडासम्म शून्य भएको छ।
माओवादीले रोल्पा नगरपालिका, थवाङ, परिवर्तन, माडी, लुङगी, सुनिल स्मृति गाउँपालिका जितेको छ। सुनछहरी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबैमा माओवादीले जितेपनि घोषणा हुन बाँकी छ। यस्तै नेपाली काँग्रेसले गंगादेव र रुन्टीगढी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै जितेको छ। यसअघि निर्वाचनमा काँग्रेसले लुङग्री गाउँपालिका अध्यक्ष र उपाध्यक्ष मात्रै जितेको थियो। यस पटक भने अध्यक्ष र उपाध्यक्ष दुवै माओवादीले जितेको छ। बरु माओवादीले जितेको गंगादेव र एमालेले जितेको रुन्टीगढी काँग्रेसले जितेको छ।
एमालेले रोल्पामा एक स्थानीय तहमा पनि जितेको छैन। त्रिवेणी गाउँपालिका अग्रता लिए पनि विजयी भइसकेको छैन। यसअघि निर्वाचनमा त्रिवेणी र रुन्टीगढी जितेको एमालेले जितेको थियो। यस पटक त्रिवेणी जितेमा एक स्थानीय तह मात्रै जित्ने देखिएको छ। यद्यपि त्रिवेणीपनि माओवादीसँग कडा प्रतिस्पर्धा भएकाले एमालेलाई जित्न कठिन देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ