मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

अन्नपूर्ण गाउँपालिकामा एमाले विजयी

मङ्गलबार, ०३ जेठ २०७९, ०८ : ४१
मङ्गलबार, ०३ जेठ २०७९

कास्कीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमालेका विष्णु केसी विजयी भएका छन् । नेपाली काँग्रेसका युवराज कुँवरलाई ७ सय ६३ मतले पछि पार्दै विजयी भएका हुन् ।

केसीले ६ हजार ७ सय २२ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका उमेदवार  युवराज कुवँरले ५ हजार ९ सय ५९ मत प्राप्त गरेका छन् । त्यसै गरी उपाध्यक्षमा नेकपा एमालेकी चन्द्रकला अधिकारीले ६ हजार ६ सय ८ मत प्राप्त गर्दै विजयी भइन् ।

नेपाली काँग्रेसकी खीमकुमारी गुरुङले ६ हजार १४ मत प्राप्त गरिन् । अन्नपुर्ण गाउँपालिकामा २० हजार ३ सय ४८ मतदाता रहेकोमा १४ हजार ९ सय ४ मत खसेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप