शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सर्लाहीको बलरामा माओवादीका मेयर र उपमेयर विजयी

मङ्गलबार, ०३ जेठ २०७९, ०८ : ३६
मङ्गलबार, ०३ जेठ २०७९

सर्लाहीको बलरा नगरपालिकामा नेकपा माओवादी केन्द्रका मेयर र उपमेयर विजयी भएका छन् । मेयरमा रामाशंकर प्रसाद कुशवाहा र उपमेयरमा कोशिला देवी विजयी भएकी हुन् ।  कुशवाहाले मेयरमा ४६४३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अभय कुमार सिंहले ३६३१ मत ल्याएका छन् । 

त्यस्तै उपमेयरमा कोशिलाले ४३५१ मत ल्याएका थिइन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालकी रागनी देवी ३७४० मत ल्याएकी छिन् । त्यसैगरी बलरा वडा नम्बर १ मा कांग्रेसका नन्दलाल राउत, वडा नम्बर २ मा नेकपा एमालेका रामनारायण सहनी, वडा नम्बर ३ मा कांग्रेसका आनन्द मोहन मिश्र, वडा नम्बर ४ मा कांग्रेसकै मनी भुषण सिंह र वडा नम्बर ५ मा मनोज मोहन कुमार सिंह निर्वाचित भएका छन् ।

वडा नम्बर ६ मा लोसपा नेपालकी अनिता देवी सहनी, वडा नम्बर ७ मा प्रवीण कुमार सिंह, वडा नम्बर ८ मा छेतनु साह, वडा नम्बर ९ मा माओवादीका वीरेन्द्र प्रसाद चौधरी, वडा नम्बर १० मा दिनेश प्रसाद कुशवाहा र वडा नम्बर ११ मा माओवादीका सुखलाल सहनी निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप