मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

रामेछापको सुनापतीमा माओवादी विजय

मङ्गलबार, ०३ जेठ २०७९, ०८ : ३२
मङ्गलबार, ०३ जेठ २०७९

रामेछापको सुनापती गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा माओवादी केन्द्रले विजय हाँसिल गरेको छ । गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार ठुलोकान्छा तामाङ निर्वाचित भएका छन् । तामाङले नेपाली काँग्रेसका उम्मेदवार कमान खड्कालाई पराजित गरेका हुन् ।  अध्यक्षका उम्मेदवार तामाङले ५ हजार ३९८ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार खड्काले ४ हजार ८५१ मत ल्याए । 

उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार गीता विष्ट (चौलागाईं)ले जित हाँसिल गरेकी छिन् । उपाध्यक्षमा निर्वाचित विष्टले नेपाली काँग्रेसकी उम्मेदवार शान्ति मोक्तानललाई पराजित गरिन् । चौलागाईंले ५ हजार ३६० मत हाँसिल गरेकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी शान्ति मोक्तानले ५ हजार ६८ मत ल्याइन् । सुनापतीमा दुवै पदमा माओवादी केन्द्र र नेपाली काँग्रेसको बीचमा तिब्र प्रतिस्पर्धा थियो ।

नेकपा एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवार ज्ञान कुमार योञ्जन प्रतिस्पर्धामा पछाडि परेका छन् । 

माओवादी केन्द्रले सो गाउँपालिकाको वडा नम्बर–२, ३, ४ र ५ मा पनि जित हाँसिल गरेको छ । वडा नम्बर–२ को अध्यक्षमा पदमबहादुर थापा निर्वाचित भएका छन् । वडा अध्यक्षमा विजयी भएका थापाले १ हजार ७१ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार वेनबहादुर थापा मगरले ९ सय ८२ मत ल्याएका छन् । सो वडामा नेकपा एमालेका उम्मेदवार पदमबहादुर थापा मगर ११२ मतमा सीमित भएका छन् ।

वडा नम्बर–५ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार चित्रबहादुर मानन्धर निर्वाचित भएका छन् । मानन्धरले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार जनककुमार खड्कालाई १५३ मतले पराजित गरेका छन् । सुनापती–३ मा माओवादी केन्द्रका कुलबहादुर थिङ र वडा नम्बर–४ मा डण्डुप लामा निर्वाचित भएका छन् । सुनापती गाउँपालिका वडा नम्बर–१ मा नेपाली काँग्रेसका उम्मेदवार ध्रुव चौलागाई निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप