शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको शंखरापुर ७ मा राप्रपाको प्यानलै विजयी

मङ्गलबार, ०३ जेठ २०७९, ०८ : २९
मङ्गलबार, ०३ जेठ २०७९

काठमाडौंको शंखरापुर नगरपालिका वडा नं ७ मा राप्रपाको प्यानल नै विजयी भएको छ । राप्रपाका उम्मेदवार राधाकृष्ण श्रेष्ठ ६ सय ५७ मत ल्याउँदै वडाध्यक्षमा विजयी भएका हुन् । 
उनका निकटतम प्रतिस्पर्धी काँग्रेसकी मीरा महर्जनले ४ सय ५७ मत पाएकी छिन् । तेश्रो स्थानमा एमालेका मानकाजी मानन्धरले ३ सय २६ मत पाएका छन् । चौथो स्थानमा एकीकृत समाजवादीका शंकरमान श्रेष्ठले १ सय २७ मत पाएका छन् । 

वडाध्यक्षमा निर्वाचित श्रेष्ठ यसअघि पनि सोही वडाका अध्यक्ष थिए । २०७४ सालमा निर्वाचित उनले नगरपालिकाबाट वितरण गरिएको सुविधाको मोटरसाइकल लिएका थिएनन् भने साँखुको ऐतिहासिक कलश पोखरी निर्माण, खानेपानी व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेका थिए । शंखरापुरमा यसअघि राप्रपाले वडा नं. ३ मा पनि विजय हात पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप