पूर्वी रुकुममा सबै स्थानीय तहमा माओवादी विजयी
मङ्गलबार, ०३ जेठ २०७९, ०८ : २७
पूर्वी रुकुमका तीन स्थानीय तहमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। पुथा उत्तरगंगा गाउँपालिका अध्यक्षमा पुनिराज घर्तीमगर र उपाध्यक्षमा भुपेन्द्र बुढामगर दुबैमा माओवादी विजयी भईसकेको छ।
सिस्ने गाउँपालिका अध्यक्ष माओवादीका कृष्णराज रेग्मी विजयी भएका छन् भने उपाध्यक्ष काँग्रेस एमालेबाट संयूक्त उम्मेदवार भएका एमालेका गोपाल रेउले विजयी भएका छन्।
भुमे गाउँपालिका अध्यक्षमा होमप्रकाश श्रेष्ठ उपाध्यक्षमा सविना बुढा दुबैमा माओवादी विजयी भएपनि घोषणा हुन बाँकी छ। काँग्रेस-एमाले माओवादी विरुद्ध एक भई लड्दा पनि २०७४ सालको निर्वाचनमा अध्यक्ष उपाध्यक्ष सहित तीन पालिका माओवादीले जितेको थियो।
यस निर्वाचनमा भने तीन पालिका अध्यक्ष जिते पनि एक पालिका उपाध्यक्ष एमालेले जितेको छ। यस निर्वाचनमा पनि माओवादी विरुद्ध काँग्रेस एमालेले संयूक्त उम्मेदवार उठाएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीडीसीमा १ अर्बभन्दा बढीको दुग्धजनय पदार्थ मौज्दात
-
दुर्गा प्रसाईंका अङ्गरक्षक भनिएकाको परिवारले दायर गरे बन्दी प्रत्यक्षीकरणको रिट
-
दुर्गा प्रसाईँको रिटमा सर्वोच्चले चैत १२ गते निर्णय सुनाउने
-
व्यापारी नरेश अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता
-
सासु–ससुराको स्याहार गर्ने ७५ जना असल बुहारी सम्मानित
-
‘साइज’मा आउँदै वैदेशिक व्यापार, आयात-निर्यातको गिरावट कायमै