शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगरको मेयरमा काँग्रेस र उपमेयरमा एमालेको मतान्तर फराकिलो

मङ्गलबार, ०३ जेठ २०७९, ०८ : ०६
मङ्गलबार, ०३ जेठ २०७९

विराटनगर महानगरपालिकामा गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेका नागेश कोइरालाले फराकिलो मतान्तर बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार कोइरालाले हालसम्ममा ७ हजार ५९१ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका सागर थापाले ५ हजार ८२४मत ल्याएका छन् । 

स्वतन्त्र उम्मेदवार उमेश यादवले २ हजार ५४४ मत ल्याएका छन् । यस्तै उपप्रमुखमा भने एमालेकी शिल्पा निराला कार्कीले ६ हजार ६३३ मत ल्याउँदा गठबन्धनबाट जसपाका अमरेन्द्र यादवले ४ हजार २३७ मत पाएका छन्  । राप्रपाकी विन्दा कुमारी लुइँटेल आचार्यले १ हजार ८०७ मत पाएकी छिन् । स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने १ हजार ४८६ मत प्राप्त गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप