बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीको घोडाघोडीमा समाजवादीसँग एमाले २५ सय मतान्तरले पछाडि

मङ्गलबार, ०३ जेठ २०७९, ०७ : २९
मङ्गलबार, ०३ जेठ २०७९

कैलालीको घोडाघोडी नगरपालिकामा मतगणनाको पछिल्लो परिणाम अनुसार सत्तारुढ गठबन्धन हाबी देखिएको छ । स्थानीय तह निर्वाचन अन्तर्गत सो नगरपालिकाको १८ हजार २६ मत गणना हुँदासम्म गठबन्धनबाट प्रमुख पदमा उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका खडक रावतले ७ हजार १४ मत पाएका छन् ।

एमालेबाट प्रमुख पदका उम्मेदवार ममता चौधरीले भने ४ हजार ४५० मत पाएकी छन् । रावतभन्दा चौधरी २ हजार ५६४ मतले पछाडि छिन् । प्रमुखमै राप्रपाका निरज मल्लले २ हजार ८२० मत पाएका छन् ।

यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी काँग्रेसकी गुलिया कुमारी चौधरीले ६ हजार १९७ मत पाएकी छन् भने नेकपा एमालेका करुण बम बटालाले ३ हजार ५८१ मत पाएका छन् । राप्रपाकी लक्ष्मी कुमारी चौधरीले भने २ हजार २१ मत पाएकी छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप