तारकेश्वर नगरपालिकाको मेयर उपमेयर काँग्रेसको पोल्टोमा
मङ्गलबार, ०३ जेठ २०७९, ०७ : १६
काठमाडौंको तारकेश्वर नगरपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ । तारकेश्वरमा काँग्रेस उम्मेदवार कृष्णहरि महर्जन मेयर र सृजना बुर्लाकोटी उपमेयर जितेका हुन् । २०७४ मा एमालेले तारकेश्वरमा मेयर र उपमेयर जितेको थियो। यसपक भने मेयर उपमेयर नै काँग्रेसको पोल्टोमा परेको हो ।
महर्जनले ११ हजार ९ सय ८८ मतसहित नेकपा एमालेका रामेश्वर बोहरालाई पराजित गरेका छन्। बोहराले सात हजार ८ सय ८ मत ल्याएका थिए। बुर्लाकोटीले पनि १० हजार सात सय ८६ मतसहित एमालेकी भवानी डोटेललाई हराइन् । डोटेलले आठ हजार ६ मत ल्याएकी थिइन्। यसअघि काँग्रेसले दक्षिणकाली र कीर्तिपुर नगरपालिका जितिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा