मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

स्थायी रूपमा रुस छोड्ने म्याकडोनाल्डको निर्णय

मङ्गलबार, ०३ जेठ २०७९, ०७ : १३
मङ्गलबार, ०३ जेठ २०७९

फास्ट फूड कम्पनी म्याकडोनाल्डले ३० वर्षपछि स्थायी रूपमा रुस छोड्ने निर्णय गरेको छ । म्याकडोनाल्डले आफ्नो रेस्टुरेन्ट बेच्न थालेको बताएको छ। म्याकडोनाल्ड्सले मार्चमा आफ्नो 850 आउटलेटहरू अस्थायी रूपमा बन्द गरेको थियो । 

युक्रेन युद्धका कारण मानवीय संकट र काम गर्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै यो कदम चालेको उक्त फास्ट फुड कम्पनीले जनाएको छ । म्याकडोनाल्डले सन् १९९० मा मस्कोमा आफ्नो पहिलो आउटलेट खोलेको थियो। यो समय थियो जब सोभियत संघले आफ्नो अर्थतन्त्र पश्चिमी ब्रान्डहरूका लागि खोल्दै थियो। कम्पनीले आफ्ना रेष्टुरेन्टहरू स्थानीय खरिदकर्तालाई बेच्ने प्रयास गरिरहेको बताएको छ । साथै कम्पनीले रुसमा म्याकडोनाल्डको नाम, ब्रान्डिङ र मेनु प्रयोग नगर्ने पनि सोचिरहेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप