शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जसले एमालेले टिकट नदिएपछि स्वतन्त्रबाट बहुमतसहित जित निकाले

मङ्गलबार, ०३ जेठ २०७९, ०७ : १०
मङ्गलबार, ०३ जेठ २०७९

नेकपा एमालेले अन्तिम समयमा टिकट नदिएपछि वडामा बागी उम्मेदवारी दिएका उमेदवारको प्यानल नै विजयी भएकाे छ । 

सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा स्वतन्त्र उम्मेदवारको प्यानल नै विजयी भएको हो । स्वतन्त्रबाट उम्मेदवारी दिएका हरिबहादुर भट्टराई (हरिहर) सहितको प्यानलले सानदार मत सहित जित निकालेको हो । पुतली छापबाट वडाध्यक्षमा निर्वाचित भट्टराईले ५५७ मत प्राप्त गरे ।

निकटतम प्रतिस्पर्धामा देखिएका एमालेका उम्मेदवार हरेराम बस्नेतले भने ४२१ मत मात्र पाए । तेस्रो स्थानमा रहेको  कांग्रेसका वडाध्यक्षका नवराज कुशवाहाले ३४४ मत प्राप्त गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप