शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरको महाङ्काल गाउँपालिका अध्यक्षमा गठबन्धनका केसी विजयी

मङ्गलबार, ०३ जेठ २०७९, ०७ : ०२
मङ्गलबार, ०३ जेठ २०७९

ललितपुरको महाङ्काल गाउँपालिका अध्यक्षमा माओवादी-काँग्रेस गठबन्धनका उम्मेदवार गणेश केसी र गठबन्धनकै उपाध्यक्ष उम्मेदवार डोल्मा माया गोले विजयी भएका छन् । गाउँपालिकाकी निर्वाचन अधिकृत सुशीला ज्ञवालीका केसीले ३ हजार ४ सय ५५  मतले जित हासिल गरेका हुन् । उनी काँग्रेस नेता हुन् । 

उनका निकटतम प्रतिस्पर्धी एमालेका कमला तामाङले २ हजार ८ सय ८७ मत ल्याएकी छिन् । माओवादी केन्द्रका नेता भगीरथ तिम्सिनाले स्वतन्त्र रुपमा अध्यक्षको उम्मेदवारी दिएकोमा उनले २ सय ३८ मत ल्याएका छन् । उपाध्यक्षमा विजयी गोलेले ३ हजार १ मत ५२ ल्याएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका पुरुषोत्तम हुमागाँईले २ हजार ७ सय ८७ मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप