पालिकाको नेतृत्वमा काँग्रेसको शतक, एमालेले पनि कटायो अर्धशतक
वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा अहिलेसम्म नेपाली काँग्रेसले १०२ पालिका जितेको छ । नगरपालिका प्रमुख १८ र गाउँपालिका अध्यक्ष ८४ गरी काँग्रेसले १०२ पालिकामा जित हात परेको हो ।
जारी मत गणनामा काँग्रेसले पालिकाको नेतृत्वमा शतक पूरा गरेको छ । समाचार तयार पर्दासम्म काँग्रेसले पालिका उपप्रमुख भने ९७ जितेको छ । काँग्रेसले १७५ पालिकामा अग्रता लिएको छ । यस्तै नेकपा एमालेले ४ प्रमुख र ५४ उपाध्यक्षसहित ५८ पालिकाको नेतृत्व हात परेको छ ।
८ उपप्रमुख र ५३ उपाध्यक्ष जितेको छ । एमाले ५७ प्रमुख र ५८ अध्यक्ष गरी ११५ पालिकामा अग्रस्थानमा छ । एमालेलाई माओवादी केन्द्रले पछ्याई रहेको छ । माओवादीले ३ प्रमुख र ४१ अध्यक्ष गरी ४४ पालिकाको नेतृत्व हात पारेको छ । यस्तै माओवादीले ३ उपप्रमुख र ४१ उपाध्यक्ष गरी ४४ मा जित हात पारेको छ । माओवादी प्रमुखमा २२ र अध्यक्षमा ४१ पालिकाको अग्रस्थानमा छ ।
उपप्रमुखमा ३३ र उपाध्यक्षमा ३७ पालिकामा माओवादीले अग्रता लिएको छ । नेकपा एकीकृत समाजवादीले प्रमुखमा १ र अध्यक्षमा ४ पालिकाको नेतृत्व हात पारेको छ । ३२ प्रमुख र २६ अध्यक्षमा अन्यको अग्रता छ । उपप्रखुमा १ उपाध्यक्षमा ६ अन्यले जितेका छन् । २२ उपप्रमुख र २५ उपाध्यक्षमा पनि अन्यको अग्रता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी