भरतपुर महानगरपालिकामा रेनु दाहालको अग्रता कायमै
मङ्गलबार, ०३ जेठ २०७९, ०६ : ४८
चितवन । भरतपुर महानगरपालिका प्रमुख पदमा सत्तारुढ गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रतालाई कायमै राखेकी छन् । १७ हजार ३४ मत गणना रेनुले ५ हजार ७१८ मत पाएकी छन् ।
यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ५ हजार ६८८ मत पाएका छन् । उनी रेनु दाहालभन्दा ३० मतले पछाडि छन् ।
प्रमुख पदमै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ७८८ मत पाएका छन् । उपप्रमुख पदमा भने नेपाली काँग्रेसका चित्रसेन अधिकारी ६ हजार ९८२ मतका साथ अग्रस्थानमा छन् । राप्रपाकी हिमला गुरुङले ४ हजार ६२८ मत पाएकी छन् ।
महानगरको वडा नम्बर ४ को अध्यक्षमा काँग्रेसका अर्पण पोखरेल २ हजार ४९९ मतसहित विजयी हुँदा एमालेका भानुभक्त सापकोटाले एक हजार ६३३ मत पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ
-
सिटिजन्स बैंक १८औँ वर्षमा प्रवेश, स्मार्ट बचत खातामा आकर्षक सुविधा
-
ऐसले फर्निचर शोरुम अब नेपालमा
-
३३ जनाले लिए काठमाडौँ महानगरभित्रका अस्पतालबाट निःशुल्क उपचार सेवा
-
‘पुजार सार्की’को गीत ‘दर्शन गरेँ‘मा आर्यन, प्रदीप र पलको कौडा नृत्य
-
राजेन्द्र लिङ्देनलाई बालेनले तोके जरिवाना