बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता फराकिलो, बदर मत बढ्दो

मङ्गलबार, ०३ जेठ २०७९, ०६ : ४७
मङ्गलबार, ०३ जेठ २०७९

कैलाली । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले फराकिलो अग्रता लिएका छन् । उनी निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका नृप वडभन्दा झण्डै दोब्बर मतले अगाडि छन् ।
१४ हजार ७३६ मत गणना हुँदा हमालले ६ हजार ५९६ मत पाएका छन् भने सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका वडले ३ हजार ३५४ मत पाएका छन् ।
उपमहानगर प्रमुखमै नेकपा एमालेका रणबहादुर चन्दले एक हजार ६७४ मत पाएका छन् । 
हालसम्म प्रमुख पदका गणना भएकोमध्ये २ हजार ९३२ मत बदर भएको छ ।

त्यस्तै, उपप्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार शान्ति अधिकारीले २ हजार ९४० मत पाएर अग्रता लिएकी छन् भने  एमालेकी कन्द्रकला रानाले २ हजार ८४५ मत पाएकी छन् । उपप्रमुखमै स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले एक हजार ६४७ मत पाएका छन् ।
उपप्रमुखमा भने हालसम्म गणना गरिएकोमध्ये ६ हजार ९ मत बदर भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप