शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पञ्जाबलाई हराउँदै प्लेअफमा पुग्ने दिल्लीको आशा बढ्यो

मङ्गलबार, ०३ जेठ २०७९, ०६ : ४७
मङ्गलबार, ०३ जेठ २०७९

दिल्ली क्यापिटल्सले आईपीएलको प्लेअफमा पुग्ने आशा बढाएको छ । निकै महत्त्वपूर्ण खेलमा दिल्लीले पञ्जाबलाई १७ रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले २० ओभरमा सात विकेट गुमाएर १५९ रन बनाएको थियो । दिल्लीका लागि मिचेल मार्सले सर्वाधिक रन बनाए । मार्सले ४८ बलमा तीन छक्का र चार चौकाको मद्दतले ६३ रन बनाए । मार्सका अलावा सरफराज खानले ३२ र ललित यादवले २४ रन बनाए । 

पञ्जाबका लागि लियाम लिभिङस्टोन र अर्शदीप सिंहले ३–३ विकेट लिए । जवाफमा पञ्जाब किंग्सले नौ विकेटमा १४२ रन मात्रै बनाउन सकेन । जोनी ब्यारिस्टो र शिखर धवनले पहिलो चार ओभरमा ३८ रन जोडेर टोलीलाई राम्रो सुरुवात गराए । ब्यारिस्टोले २८ र शिखर धवनले १९ रन बनाए । टोलीको स्कोर ५.४ ओभरमा एक विकेटको क्षतिमा ५३ रन थियो । तर त्यसपछिको १४ रनमै पाँच विकेट खसेपछि पञ्जाबको टोलीले पुनरागमन गर्न सकेन ।

दिल्लीका लागि शार्दुल ठाकुरले ३६ रन दिएर चार विकेट लिए । अक्षर पटेलले चार ओभरमा १४ रन दिएर दुई विकेट र कुलदीप यादवले तीन ओभरमा १४ रन दिएर दुई विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप