शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

आँबुखैरेनीमा माओवादी विजयी

मङ्गलबार, ०३ जेठ २०७९, ०६ : ४१
मङ्गलबार, ०३ जेठ २०७९

तनहुँको आँबुखैरेनी गाउँपालिकामा नेकपा माओवादीले जित हासिल गरेको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित अधिकांश वडामा माओवादीले जितेको हो । 

गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल विजयी भएका छन् । अध्यक्षमा चुमानले तीन हजार ९४० मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी कांग्रेसका गिरबहादुर थापाले दुई हजार २३० मत प्राप्त गरे । एमालेका ऋषि केसीले गिरबहादुर दोस्रो कार्यकाल दोहोरिनका लागि अध्यक्षको प्रतिष्पर्धामा थिए । 

उपाध्यक्षमा माओवादीकी अर्याल दुई हजार ८४८ मत प्राप्त गरी विजयी भएकी छन् । उनको निकटम प्रतिष्पर्धी नेपाली कांग्रेसकी पवित्रा गौलीले दुई हजार १८३ मत ल्याइन् । 

२०७४ सालमा भएको स्थानीय निर्वाचनमा आँबुखैरेनी गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष उपाध्यक्ष सहित पाँच वटा वडामा जितेको थियो । यसपाली माओवादीले नतिजा उल्टाउदैँ अध्यक्ष उपाध्यक्ष सहित तीन वडामा जितेको छ । नेपाली कांग्रेस दुई वडामा खुम्चिएको छ ।  नेकपा एमालेले यसपाली पनि एक वडामा जित हासिल गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप