बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

मङ्गलबार, ०३ जेठ २०७९, ०६ : ३६
मङ्गलबार, ०३ जेठ २०७९

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। प्रदेश १ र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

मंगलबार देशभर आंशिक देखि सामान्य बदली बदली रहनेछ।  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका लगायत लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यता बुधबार  बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा  मेघ गर्जन / चट्याङ हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिहीबार प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा  मेघ गर्जन / चट्याङ हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप