
रसुवामा २६ वडाको मतगणना सकियो : कांग्रेस र एमाले १२/१२ मा विजयी, दुई वडामा माओवादी केन्द्र

पाँच वटा गाउँपालिका रहेको रसुवामा २७ वटा वडा रहेका छन् । जसमध्ये २६ वटा वडाको मतगणना सकिएको छ । उत्तरगया गाउँपालिकाको ५ वटा वडा, कालिका गाउँपालिकाको ५ वडा, गोसाईंकुण्ड गाउँपालिकाको ६ वडा, आमाछोदिङ्मो गाउँपालिकाको ५ वडा र नौकुण्ड गाउँपालिकाको ५ वडाको मतगणनाको नतिजा आइसकेको छ ।
जसमा एमालेले १२, कांग्रेसले १२ र माओवादीले दुई वडाध्यक्ष पद जितेको छ । नेकपा एमालेले उत्तरगयाको १, २ र ३, गोसाईंकुण्डको १, ३, ५ र ६, आमाछोदिङ्मोको १, ३ र ४ र नौकुण्डको २ र ३ नम्बर वडा जितेको छ ।
यस्तै नेपाली कांग्रेसले कालिकाको २, ३ र ४, ५ नौकुण्डको १, ४ र ५, गोसाईंकुण्डको २ र ४, आमाछोदिङ्मोको २ र ५ तथा उत्तरगयाको ४ नम्बर वडामा विजयी भएको छ । नेकपा माओवादी केन्द्रले हालसम्म कालिका १ र उत्तरगया ५ मा जित हासिल गरेको छ । अब नौकुण्ड गाउँपालिका वडा नम्बर ६ को मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ