शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेको गढ भत्काउँदै दैलेखको ठाँटीकाँधमा काँग्रेस विजयी

सोमबार, ०२ जेठ २०७९, २३ : ५०
सोमबार, ०२ जेठ २०७९

नेकपा एमालेको गढ मानिएको दैलेखको ठाँटीकाँध गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका रक्षबहादुर शाह निर्वाचित भएका छन् । ०७४ मा एउटा वडाध्यक्ष मात्रै पाएको काँग्रेसले यो पटक बहुमतसहित पालिका अध्यक्ष जितेको हो । 
अध्यक्षमा काँग्रेसका रक्षबहादुर शाहले २ हजार ५७१ मत ल्याएर विजयी भएका हुन् । उनले नेकपा एमालेकी लक्ष्मीदेवी शाहलाई २९२ मतान्तरले पराजित गरेका हुन् । लक्ष्मीदेवीले २ हजार २७९ मत पाएकी छन् । लक्ष्मीदेवी पूर्व मन्त्री एवं नेकपा एमालेका प्रदेश अध्यक्ष विनोद कुमार शाहकी श्रीमती हुन् ।

यो पालिका कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीको गृह पालिका पनि हो । प्रदेशसभा सदस्यमा एमालेबाट जितेका शाहीकै वडा ठाटीकाँध–६ मा पनि काँग्रेसले जित्यो ।
यो पालिकामा नेकपा माओवादी तेस्रो स्थानमा रह्यो । माओवादीका उमेश कुमार रावत (निर्मल)ले अध्यक्षमा एक हजार ६१७ मत पाएका छन् । 

उपाध्यक्षमा भने एमालेका देवीराम बडुवाल विजयी भएका छन् । उनले २ हजार ६९५ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी काँग्रेसकी भद्रा कुमारी शाहीले २ हजार ४१६ मत ल्याएकी छन् । माओवादीकी विजु कुमारी थापाले एक हजार ५ मत प्राप्त गरेकी छन् ।

६ वटा वडा रहेको यो पालिकामा ०७४ मा पाँच वटा वडामा एमालेले जितेको थियो । तर यो पटक एमाले दुई वटा वडामा मात्र सीमित रह्यो । काँग्रेसले वडा नं. १, ३, ४ र ६ मा जित्दा एमालेले वडा नं. २ र ५ मा मात्र जित हासिल गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप