बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रौतामाई गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका मगर निर्वाचित

सोमबार, ०२ जेठ २०७९, २३ : ३९
सोमबार, ०२ जेठ २०७९

नेकपा एमालेका उम्मेदवार भरतबहादुर थापालाई हराउँदै उदयपुरको रौतामाई गाउँपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका वीरेन्द्रकुमार मगरले बिजयी भएका छन् । थापालाई ८ सय ४२ मतान्तरले पराजित गरी मगर अध्यक्ष निर्वाचित भएका हुन् । मगरले ४ हजार १ सय ८८ मत ल्याउँदा थापाले ३ हजार ३ सय ४६ मत पाएका थिए ।

त्यसैगरी उपाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका भूपेन्द्रबहादुर थापा बिजयी भएका छन् । थापाले ३ हजार ६ सय ९९ मत पाउँदा एमालेकी कुमारी ज्यू ठकुरीले ३ हजार ९३ मत पाइन् । नेकपा एमालेकी उपाध्यक्ष ठकुरी अघिल्लो निर्वाचनमा उपाध्यक्षमा विजयी भएकी थिईन ।

त्यसैगरी वडा नम्बर १ मा नेकपा एमालेका रुद्रबहादुर कार्की, वडा नम्बर २ मा नेकपा एमालेका होमबहादुर दाहाल, वडा नम्बर ३ मा नेकपा एमालेका दिपेन्द्र दाहाल, वडा नम्बर ४ मा नेपाली काँग्रेसका रबिन्द्रकुमार खत्री, वडा नम्बर ५ मा नेकपा एमालेका पाण्डव राई, वडा नम्बर ६ मा नेकपा माओवादी केन्द्रका पृथ्मीकुमार राई, वडा नम्बर ७ मा नेकपा एमालेका मनोजकुमार राना मगर र वडा नम्बर ८ मा नेपाली काग्रेसका घमानसिंह थापा बिजयी भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप