सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

गठबन्धलाई हराउँदै ताप्लेजुङको आठराई त्रिवेणीमा एमाले विजयी

सोमबार, ०२ जेठ २०७९, २३ : ३३
सोमबार, ०२ जेठ २०७९

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा एमालेले जित हासिल गरेको छ । गठबन्धन तर्फबाट काँग्रेसका प्रतिद्वन्द्वीलाई हराउँदै एमालेका दिपेन पोमुले ३ हजार ३६ मत प्राप्त गर्दै प्रमुख पदमा जित हासिल गरेका हुन् । काँग्रेसका विश्वनाथ सिटौलाले भने २ हजार ५२६ मत मात्र प्राप्त गरेका छन् । 

यस्तै उपप्रमुख पदमा पनि एमालेकै शान्ता आङ्बुहाङले २ हजार ८१९ मत प्राप्त गर्दै जित हासिल गरेकी छन् । आङ्बुहाङले गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका प्रजिन हाङ्बाङलाई पछि पार्दै जित हासिल गरेकी हुन्  । 

स्थानीय तह निर्वाचन २०७९ मा ताप्लेजुङमा एमालेको यो पहिलो जित हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप