शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

स्थानीय तह निर्वाचन : पालिकामा खाता खोल्नै सकेन लोसपाले

सोमबार, ०२ जेठ २०७९, २३ : २१
सोमबार, ०२ जेठ २०७९

 स्थानीय तह निर्वाचन अन्तर्गत जारी मतगणनामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले अहिलेसम्म एउटा पनि पालिकामा खाता खोल्न सकेको छैन । जसपा नेपालबाट विभाजित भएर बनेको लोसपा नेपालले १४ पालिकाको प्रमुख÷अध्यक्षमा अग्रता लिएको छ । यो पार्टीले १२ पालिकाको उपप्रमुख÷उपाध्यक्षमा अग्रता बनाएको छ ।
अहिलेसम्म कुनै पनि पालिकामा लोसपा नेपालले प्रमुख÷अध्यक्ष तथा उपप्रमुख÷उपाध्यक्षमा जित हासिल गर्न सकेको छैन । 

लोसपा नेपालले हालसम्म १४ वटा वडाध्यक्षमा जित हासिल गरेको छ भने एक वडा सदस्य (महिला) र एक वडा सदस्य (खुला) मा जितेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप