थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन देउवाद्वारा भारतसँग आग्रह
प्रधानमन्त्री शेरबहादुर देउवाले महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग आग्रह गरेका छन् । आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग आज भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा प्रधानमन्त्री देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन र व्यावसायिक सञ्चालनको शुभारम्भ भइसकेको सन्दर्भमा सम्पर्क सञ्जाल विस्तार, सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको आवागमनलाई थप सहज बनाउन उक्त विमानस्थल उपयुक्त हुने भएकाले थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन आग्रह गरेका हुन् ।
वार्ताका क्रममा प्रधानमन्त्री देउवाले आपसी हितका लागि दीर्घकालीलनरूपमा विद्युत् व्यापार गर्न आग्रह गरेका थिए । पराराष्ट्र मन्त्रालयका अनुसार अरुण तेस्रो जलविद्युत् आयोजना सुचारु रूपमा अगाडि बढिरहेकामा दुवै देशका प्रधानमन्त्रीले सन्तुष्टि प्रकट गरेका थिए । वार्ताका क्रममा प्रधानमन्त्री देउवाले उठाएका विषयलाई भारतीय प्रधानमन्त्री मोदीले सकारात्मकरूपमा लिएका छन् ।
वार्तामा दुवै देशका प्रधानमन्त्रीले स्वच्छ ऊर्जाका लागि जलविद्युत्को महत्वमा जोड दिँदै जलविद्युत् क्षेत्रमा, सार्वजनिक, नीति र सझेदारीका अपार सम्भावनाहरु रहेकोमा सहमति जनाए। प्रधानमन्त्री देउवाले पश्चिम सेती जलविद्युत् आयोजनाको विकासका लागि भारतको इच्छुक कम्पनीलाई लगानीका निम्ति आग्रह गरे ।
पञ्चेश्वर आयोजनालाई प्राथमिकताका साथ आगाडि बढाउन पनि दुवै देशका प्रधानमन्त्रीले सहमति जनाएको मन्त्रालयले वार्तापछि जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । वार्ताका क्रममा दुवै पक्षले सम्पर्क सञ्जाल विस्तारमा सहयोग प्रवद्र्धन, मल आपूर्ति समयमै गर्ने विषयलाई प्राथमिकतामा राखेको व्यापार सन्धिको समीक्षा गरिएको थियो ।
जलविद्युत् उत्पादन, बौद्ध र रामायण परिपथसहितका संस्कृति, पयर्टन, शिक्षा र शैक्षिक सहयोग, भारतीय मुद्रा बढी बोक्न पाउनुपर्ने प्रावधान, पारस्परिक हितका मामलामा क्षेत्रीय र बहुपक्षीय मञ्चहरुमा सहयोग आदानप्रदान गर्ने बारेमा पनि दुई देशका प्रधानमन्त्रीबीच छलफल भएको थियो ।
दुवै देशबीच सुक्खा बन्दरगाह निर्माण, चाँदनी, दोधारामा एकीकृत जाँच चौकी बनाउने, भारतको उत्तराखण्डको पूर्णगिरिमाई र डडेलधुराको पशुरामधाम जोड्ने पूल निर्माणबारे पनि छलफल भएको थियो ।
नेपाललाई भूकम्प, कोभिड–१९ जस्ता महामारीको प्रतिकूल परिस्थतिमा भारतले सहयोग गरेकोमा प्रधानमन्त्री देउवाले हार्दिक आभार व्यक्त गरे । साथै दुवै प्रधानमन्त्रीबीच गत चैतमा भएको प्रधानमन्त्री देउवाको भारतको भ्रमणका बारेमा समीक्षा भएको थियो ।रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून लक्ष्य भएपनि रक्षा गर्छौं भन्ने थियो : विपिन शर्मा
-
पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता